नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भयो । यससँगै श्रीलंका फाइनलमा पुग्दा नेपाल भने समूह चरणबाटै बाहिरियो ।
यसअघि भुटानलाई १० विकेटले हराएको बंगलादेश पनि फाइनलमा पुगिसकेको थियो । पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।