सुदूरपश्चिम वित्तीय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम वित्तीय सम्मेलन धनगढीमा सुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा 'सुदूरपश्चिम वित्तीय सम्मेलन' सुरु भएको  छ ।वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गर्नुभएको हो । नागरिकको वित्तीय पहुँचको सुनिश्चितता गर्ने, स–साना बचत परिचालन गरी पुँजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यका साथ मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । 

विषय विज्ञसहित चार सय ५० जनाको सहभागिता रहेको सम्मेलनमा वाणिज्य बैंक, विकास बैंक, सहकारी, जीवन तथा निर्जीवन बीमा संस्थान र निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत भइरहेको छ ।