राष्ट्रियताको बिषयलाई राजनीतिकरण देख्ने भारतीय पूर्व विदेश सचिवको दृष्टिदोष : प्रचण्ड

राष्ट्रियताको बिषयलाई राजनीतिकरण देख्ने भारतीय पूर्व विदेश सचिवको दृष्टिदोष : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालीहरुले राष्ट्रियताको रक्षाका लागि बोलेका कुरामा राजनीतिकरण देख्ने पूर्व भारतीय विदेश सचिव श्याम शरणको दृष्टिदोष भएको बताउनु भएको छ । 

शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुने बित्तीय सम्मेलनमा प्रमुख बक्ताको रुपमा धनगढी आउनुभएका अध्यक्ष प्रचण्डले कालापनी, लिपुलेक र लिम्पियाधुराको बिषयमा नेपालीहरुले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको कुरामा राजनीतिकरण भएको भन्दै कूटनीतक क्षेत्रमा राम्रो कुटनितिज्ञ भनिएका पूर्व भारतीय विदेश सचिव श्याम शरणले दिएको अभिब्यक्ति दुखद भएको बताउनुभयो ।

उहाँले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको बताउनुभयो । वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने आफुले बताएको उहाँले दोहो¥याउनुभयो । 
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा दल बिशेषको नभई संचनागत समस्या रहेको कुरा अहिलेको हकमा सत्य नभएको बताउनुभयो । उहाँले हिजोको दिनमा संरचनामा समस्या भएपनि बर्तमानमा त्यो नरहेको बताउनुभयो । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका इञ्चार्ज भिम रावलले यस प्रदेशलाई हेर्ने दृष्टिकोणमा संरचनागत समस्या रहेको बताउनुभएको थियो । अध्यक्ष प्रचण्डले नेता रावलले संरचनागत समस्या छ भनेको प्रसंग आफुले नबुझृपनि अहिले त्यो समस्या नरहेको बताउनुभएको हो । 
उहाँले पत्रकार सम्मेलनको शुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र शुक्रबार सम्म अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिनुभएको थियो ।