बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालन तर्फ सरकार उन्मुख : मन्त्री भट्ट

बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालन तर्फ सरकार उन्मुख : मन्त्री  भट्ट

धनगढी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालनमा सरकार अग्रसर भएको बताउनु भएको छ । 

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुग्नु भएका मन्त्री भट्टले बिहीवार गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय तहले ग्रामीण उद्योगको लागि जति छिटो डीपीआर तयार पारेर केन्द्रीय सरकारलाई पठाए त्यति नै छिटो कार्यान्वयनमा अगाडि बढ्ने बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम अनुसार अत्तरिया धनगढीलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि मन्त्री भट्टले जानकारी दिनु भएको छ । उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा देखिएको नेपाल–भारत सीमा विवादको निकासबारे भारतसँग कूटनीतिक पहल जारी रहेको जानकारी दिनु भएको छ ।