मंसिर २२ गतेबाट सुरु हुने सुदुरपश्चिम महोत्सबको तयारी यसरी हुदैँछ (फोटो फिचर)

मंसिर २२ गतेबाट सुरु हुने सुदुरपश्चिम महोत्सबको तयारी यसरी हुदैँछ (फोटो फिचर)

धनगढी : मंसिर २२ गतेबाट हुने सुदुरपश्चिम महोत्सबको तयारी तिब्र रुपमा भईरहेको छ । विगत १३ वर्षदेखि उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १४ औँ संस्करण आगामी आईतबार गतेदेखि धनगढीमा सुरु हुदै छ ।

जसको तयारी तिब्र पारिएको छ । प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रदर्शन गर्न महोत्सव आयोजना हुने गरेको छ ।

महोत्सवमा कृषि, मह, जडीबुटी, हस्तकला, अल्लोका सामान, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक सामान, होटल र सूचना प्रविधि गरी तीन सय स्टल राखिने आयोजकले जानकारी दिएको छ ।