सागमा निमाको लगातार दोस्रो स्वर्ण

सागमा निमाको लगातार दोस्रो स्वर्ण

नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् ।

निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराईन् । निमाले १८।१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक नाइन् ।

श्रीलंकाकी सञ्जु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो भइन् । यससँगै नेपालको स्वर्ण ३० पुगेको छ ।