सिन्दूर हालेर भित्र्याएकी पत्नीको बिहे गराए, दाइजोमा दिए अढाई वर्षीय छोरा !

सिन्दूर हालेर भित्र्याएकी पत्नीको बिहे गराए, दाइजोमा दिए अढाई वर्षीय छोरा !

सिन्दुर हालेर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउला । तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिति सिर्जना भएको छ।

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाको अहिले विहारभर चर्चा छ ।राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । स्थायी ठेगाना काजबलीचक भएका रामले पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि बिहे गरेका थिए। बिहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए ।

उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो । यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ गर्यो । जेल जानुपर्यो । उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो । शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे ।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन । पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए । ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षीय छोरा पनि पत्नी र उनको प्रेमीलाई उपहार दिए।