कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मंसिर २६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेसको आग्रह छ।

उपनिर्वाचन समीक्षा, पार्टीका रिक्त विभागलाई पूर्णता र भातृ संस्थालाई नेतृत्व दिनेलगायत एजेन्डा बैठकमा छलफल हुनेछन्।