"अपाङ्गता भएका व्यक्तिहरू प्रति सरकार गम्भिर भएन "

"अपाङ्गता भएका व्यक्तिहरू प्रति सरकार गम्भिर भएन "

धनगढी । अपाङ्गता भएका व्यक्तिहरूले सरकार आफुहरुका माग बारे सरकार गम्भिर नभएको बताएका छन्।

२८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन । 

“दिगो विकासको लक्ष्य, अपाङ्गता मैत्री भविष्य’’ नारामा मात्रै सीमित भएकोले सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागी आवश्यक पहल गर्न उनिहरुले माग गरेका हुन ।

सरकारले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाई रहेका बेला अपाङ्ग भएका ब्यक्तिहरुले भने आफूहरूको विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले अपाङ्गताका क्षेत्रमा भएका समस्या र समाधानका लागी पहल गर्न सरकार संग माग गर्नुभएको छ । 


 सरकारबाटै अपाङ्गता भएकाहरू प्रति विभेद हुने गरेको नेत्रहीन सङ्घ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावलले बताउनुभयो।

आफूहरूलाई समाजमा हेर्ने दृष्टिकोण अझै फरक रहेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । अपाङ्गता मैत्री बाटोघाटोको नहुँदा थप समस्या आइरहेको  नेत्रहीन सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बोहराको गुनासो गर्नुभयो।
 

सुदूरपश्चिम प्रदेशमा २ दशमलब ५ प्रतिशत अर्थात् ६३ हजार ६२५ जना विभिन्न प्रकारका अपाङ्गता रहेका छन् । अधिकांश अपाङ्गहरू अझै सरकारी सेवाबाट समेत वञ्चित रहेको नेपाल अपाङ्ग सङ्घका केन्द्रीय सदस्य धर्म राज ओझा बताए ।  सुदुर पश्चिम प्रदेशमा अपाङ्गता भएकाहरूको विवरण तीनै तहको सरकारसँग छैन ।

अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन नहुँदा सरकारी सेवा समेत प्रभावकारी बन्न सकिरहेको छैन । सामाजिक विकास समितिकि सभापति कुन्ती जोशी अपाङ्गता भएका व्यक्तिहरूको लागी प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सरकारले ठुलो बजेट  खर्चिरहेको छ । तर, तर वास्तविक अपाङ्गता भएकाहरू अझै पनि पूर्ण रूपले लाभान्वित हुन सकेका छैनन् । यस विषयमा तिनै तहको सरकार गम्भीर बन्न आवश्यक छ ।