समस्या समाधानमा सामुहिक प्रयत्न गर्ने संसदीय समितिका सभापतिहरुको प्रतिवद्धता

समस्या समाधानमा सामुहिक प्रयत्न गर्ने संसदीय समितिका सभापतिहरुको प्रतिवद्धता

सुदूरपश्चिम प्रदेशसभाका चार वटै बिषयगत समितिका सभापतिहरुले प्रदेशको समस्या समाधानका लागि सामुहिक प्रयत्न गर्ने बताउनुभएको छ । 

सोमबार धनगढीमा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको संसदीय समिति प्रणाली, समन्वय र चुनाूती बिषयक कार्यक्रममा बोल्दै उहाँहरुले समितिहरुका आ–आफ्ना कार्यक्षेत्र भएपनि मुख्य समस्या समाधानका लागि सामुहिक प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गर्न भएको हो । कार्यक्रममा नागरिकहरुका प्रश्नको जवाफ दिँदै उहाँहरुले यस्तो प्रतिवद्धता ब्यक्त गर्नु भएको हो ।

कार्यक्रममा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले प्रदेशको बेराजगारी पछौटेपनको अन्तयका लागि सरकारको ध्यानाकर्षण गर्न संयुक्त रुपमा पहल गर्ने बताउनुभयो । उहाँले नेपालको मानव विकास सूचाकांका दृष्टिकोणबाट सकबैभन्दा पछि परेको बाजुराको विकासका लागि प्रदेश सरकारले बिशेष पहल चाल्नुपर्नेमा आफ्नो तर्फबाट दवाव सिर्जना गर्ने बताउनुभयो । 
विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आफ्नो समिति बिशेषतः कानूनको मस्यौदा माथि छलफल गर्ने काम गर्ने भएकोले जनताको जिविकासित जोडिएका मुद्धाहरुलाई कानूनी रुपमै सम्बोधन गर्न कानून तर्ज्माका लागि सरकारलाई दवाव दिने बताउनुभयो । 

सामाजिक विकास समितिका सभापति कुन्ति जोशीले प्रदेशका थुप्रै सामाजिक समस्याहरु रहेकोले तिनको निराकरणका लागि आफुले आफ्नो समितिको तर्फबाट पहल गर्ने बताउनुभयो । सभापति जोशीले आफु प्रदेशका समस्या समाधानका लागि अन्य समतिसित मिलेर सामुहिक प्रयत्नका लाथि तयार रहेको बताउनुभयो । 

कार्यक्रममा सार्वजनिक लेखा समितिका तर्फबाट उपस्थित समितिका सदस्य अमर साउँदले सरकारका काम काजको अनुगमन गर्ने, बजेट खर्च प्रणाली र खर्चको अवस्थाको अध्ययन गर्ने काम लेखा समितिले गर्ने बताउनुभयो । उहाँले लेखा समितिले सरकारका कमजोरीहरु पत्ता लगाई सही मार्गमा जान सहयोग गरिरहेको बताउनुभयो । 

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुले प्रदेश सरकार, प्रदेश सभाका सखस्यहरुको काम र त्यसको प्रभावकारिताबारे बिभिन्न प्रश्नहरु गरेका थिए ।