अमित मेडिसिनद्वारा कर चुक्ता प्रमाण पत्र किर्ते गरिएको पुष्टि

अमित मेडिसिनद्वारा कर चुक्ता प्रमाण पत्र किर्ते गरिएको पुष्टि

गेटा आँखा अस्पतालको टेण्डर हत्याउन धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सले कर चुक्ता प्रमाण पत्र किर्ते गरेको पुष्टि भएको छ । 
औषधी ब्यवस्था बिभागले टेण्डर लिन कर चुक्ता प्रमाण पत्र किर्ते गरेको समाचारहरु सार्वजनिक भएपछि छानवीन गर्न मंसिर १३ गते आन्तरिक राजश्व कार्यालय धनगढीलाई लेखेको पत्रका आधारमा गरिएको छानवीनले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पु्ष्टि गरेको हो । आन्तरिक राजश्व कार्यालय स्रोतका अनुसार गेटा आँखा अस्पतालको टेण्डर प्रक्रियाका लागि पेश गरिएको कर चुक्ता प्रमाण पत्र स्क्यानिङ गरी मिति सच्याएर पेश गरिएको पुष्टि भएको छ । कार्यालयले प्रहरीलाई अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाललाई पक्राउ गरी कार्वाही गर्न प्रहरीलाई पत्र लेखेको छ । २०७४ सालको माघ १० गते अमिति मेडिसिनका नाममा कुनै कर चुक्ता प्रमाणपत्र जारी नभएको कार्यालय स्रोतले जानकारी दिएको छ । 
दुबै जनालाई पक्रा गर्न पत्र लेखिए संगै एक जना सञ्चालक प्रदीप अग्रवाल भारत तर्फ भागेको र बस्नेत काठमाण्डौ गई लुकेको बताइएको छ । आन्तरिक राजश्व कार्याmलय धनगढीका प्रमुख चन्द्र कुमार श्रेष्ठले अमित मेडिसिन प्रकरणमा अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले अनुसन्धान भइरहेको र प्रहरीसित समन्वय गरी पक्राउ गर्न भनिएको बताउनुभयो । 
आन्तरिक राजश्व कार्यालयले अमित मेडिसिनले २०७६ असार १६ गते लिएको कर चुक्ताको प्रमाण पत्र पनि किर्ते भएको आशंकामा थप छानवीन गरिरहेको छ । अमित मेडिसिनकै ब्यवस्थापनमा सञ्चान भई ठूलो कारोबार गरिरहेका ड्रग सेन्टर धनगढी र डि.बी. मेडिसिनले पनि किभिन्न कागजपत्र किर्ते गरेको उजुरी परेकोले तिनीहरु माथि पनि औषधी ब्यवस्था बिभागको निर्देशन अनुसार बिभागको नेपालगञ्ज कार्यालयले छानवीन अगाडि बढाएको स्रोतले बताएको छ ।