धनगढी : कञ्चनपुरका तत्कालीन जिल्ला न्यायधिश राजेन्द्रप्रसाद आचार्य विरुद्ध पत्रकार खेम भण्डारीले न्याय परिषद्मामा उजुरी दिएका छन् । भण्डारीले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै हुलाक मार्फत तत्कालीन न्यायधिश आचार्य विरुद्ध उजुरी पठाईएको जानकारी दिनु भएको छ ।
भण्डारीले निर्मला हत्या प्रकरणमा अदालतको अपहेलना गरेको भन्दै आफू विरुद्ध परेको मुद्दामा बदनियतपूर्ण तरिकाले तुच्छ सजाय तोक्ने न्यायधिश आर्चायलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको बताउनुभयो ।
उहाँले आचार्यले जिल्ला बार एसोसिएसनले हालेको अपहेलना मुद्दामा न्यायालयकै साख, सम्मान र विश्वसनीयतामा आँच पुग्ने गरी न्याय निरुपण गरेकाले कारवाहीको माग सहित उजुरी पठाईएको बताउनुभयो ।