धनगढी : सामाजिक विकास मन्त्रालयको आयोजनामा मंगलबार २८ औ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवस धनगढीमा मनाइने भएको छ । दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने मूल नाराका साथ २८ औ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना जानकारी दिएको हो ।
नेपालको जनगणना २०६८ को तथ्याङ्कका अनुसार सुदूरपश्चिम प्रदेशमा २ दशमलब ५ प्रतिशत अर्थात् ६३ हजार ६ सय २५ जनामा विभिन्न प्रकारका अपाङ्गता देखिएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर विष्टले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन तथा बैङ्कका अनुसार विश्वमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिसहरू अपाङ्गताको अवस्थामा बाचिरहेका छन । नेपालमा अपाङ्गताको समयमै पहिचान गर्ने विधि, प्रणाली र प्रविधि क्षमताको अत्यन्त कमजोर रहेको जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धनगढीमा भोली बिहान देखि बेलुका सम्म विभिन्न कार्यक्रमको आयोजना गरिने बताईएको छ ।