धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रथम स्पोर्टस अवार्ड हुने भएको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौष १५ गते स्पोर्टस अवार्ड गर्ने घोषणा गर्ने खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो ।
खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन यस अवार्डले उत्प्रेरणा प्रदान गर्ने खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताउनुभयो । उहाँका अनुसार अवार्ड विभिन्न ६ विधामा दिईने छ ।
बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड, बर्ष युवा खेलाडी र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने बताउनुभयो । चार वटा विधामा तीनररतीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने योजना समेत रहेको खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
अवार्ड कार्यक्रम गर्न झण्डै साढे ३६ लाख रकम खर्च लाग्ने अनुमान गरिएको छ । देशका विभिन्न स्थानमा खेलाडीहरुको प्रदर्शनका आधारमा स्पोर्टस अवार्ड आयोजना भईरहेको अवस्थामा सुदुरपश्चिम प्रदेशमा भने पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको अवार्डका संयोजक प्रदिप पाठकले बताउनुभयो ।