सदुरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना हुने

सदुरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना गरिने भएको छ । वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिबद्धता मुल नारासहित धनगढीमा एकदिने सम्मेलनको आयोजना गरिन लागेको हो ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री झपटबहादुर बोहराले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश मन्त्रीपरिषद बैठकले वित्तीय सम्मेलन आयोजनाका लागि गरेको निर्णय बमोजिम पहिलो पटक प्रदेशले वित्तीय सम्मेलन गर्न लागेको मन्त्री बोहराले बताए ।

सो सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, श्रम तथा रोजगारी मन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका गभर्नर विशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।