बिडीसीए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औं संस्करणको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी) ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो ।
निङ्गलाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो । जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् । एनसीसीका रिसिकेश बोहराले ४, गजेन्द्र बोहराले २ र वीरेन्द्र नाथले १ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसीसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धशतकीय पारी खेल्दै ८६ रनको योगदान गरे । उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो । खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए ।
पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १र१ विकेट लिए । एनसीसीका लागि अलराउन्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ ‘म्यान अफ द फाइनल’ चुनिए ।
उपाधिसँगै एनसीसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो । एनसीसीले बीडीसीए कप उचालेको यो पाचौं पटक हो ।