कम्युनिष्टको विरासत तोड्दै धरानको मेयरमा कांग्रेस विजयी

कम्युनिष्टको विरासत तोड्दै धरानको मेयरमा कांग्रेस विजयी

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनुभएको छ । कांग्रेसका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्नुभएको हो । 

कांग्रेसकका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको छ भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । 

धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रच्नु भएको छ ।