कास्कीमा निकै फराकिलो अन्तरले विद्या भट्टराई बिजयी

कास्कीमा निकै फराकिलो अन्तरले विद्या भट्टराई बिजयी

कास्की क्षेत्र नम्बर २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई बिजयी भएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई निकै फराकिलो मतले पछि पार्दै भट्टराईले बिजय हात पारेकी हुन् ।आइतवार साँझ मतगणना सकिएको हो ।

बिजय हात पारेपछि भट्टराईले यो रविन्द्र अधिकारीप्रतिको सम्मान भएको प्रतिक्रिया दिएकी छन् । 

उपनिर्वाचनमा एक मात्र प्रतिनिधिसभाको चुनाव भएकाले कास्की क्षेत्र नम्बर २ लाई निकै महत्त्वका साथ हेरिएको थियो ।

भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । गत फागुनमा पर्यटनमन्त्री रहेका रविन्द्रको हेलिकप्टर दुर्घटनामा असामयिक निधन भएपछि कास्की २ नम्बर क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो ।