१३ औँ साग: पुरुष भलिबलमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा

१३ औँ साग: पुरुष भलिबलमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा

१३औंँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुषतर्फ भारत फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएको हो । भारतले स्वर्ण पदकका लागि पाकिस्तान र बंगलादेशबीचकाे विजेतासँग खेल्नेछ ।

पाकिस्तान समूह बी बाट विजेताको रुपमा तथा बंगलादेश समूह ए बाट उप-विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल केहीबेरमा हुँदैछ ।

त्रिपुरेश्वरमा रहेकाे राखेपकाे कभर्डहलमा जारी प्रतियोगितामा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

सुरुदेखि भारतमाथि दबाब कायम राखेको श्रीलंकाले तेस्राे सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । चोथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले सहज जित हात पार्न सफल भयो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गर्‍याे ।