जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या उत्पन्न हुन्छन् । विशेषगरी जाडो याममा छाला सुख्खा हुने,फुट्ने,खस्रो हुने लगायतका समस्या देखा पर्छन् । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु मुख्य कारण हुन् ।
यस्तै, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु पनि छाला बिग्रनुका कारण हुन् । यस्तै,वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन यी उपायहरु अपनाउनु आवश्यक छ ।
१.पर्याप्त पानी पिउने
२.सकेसम्म तातो पानी प्रयोग गर्ने
३.तातोपानीले वाफ लिने, यसले बन्द भएको रोमछिद्र खुल्छ
४.मौसमी फलफुल खाने
५.मनतातो पानीले नुहाउने
६.हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने
७.लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै हिटर नताप्ने ।