शिव शिखरको साधारण सभा धनगढीमा सम्पन्न, धनगढी शाखा प्रमुख जोशी देशभरीमै उत्कृष्ट

शिव शिखरको साधारण सभा धनगढीमा सम्पन्न, धनगढी शाखा प्रमुख जोशी देशभरीमै उत्कृष्ट

धनगढी । शिव शिखर कृर्षी सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ । शनिवार एक भव्य समारोहका बिच धनगढीमा बार्षीक साधारण सभा सम्पन्न भएको हो ।


संस्थाले गत आर्थिक बर्ष सम्म एक अरब सरसट्टी करोड बैसट्टी लाखको कारोवार गरेको छ । शेयर पुँजी पनि एक करोडले बढेर ८ करोड ७५ लाख ७० हजार पुगेको छ ।साधारणसभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष केदारनाथ शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 


सहकारी १९ लाख ५६ हजार २ सय ४१ नाफामा रहेको संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो । चालुआर्थिक बर्ष ०७६÷७७ मा शेयर पुँजी १० करोड पुयाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा संस्थाका धनगढी शाखाका प्रबन्धक हेमराज जोशीलाई देश भरी कै उत्कृष्ट प्रवन्धकका रुपमा सम्मानित गरिएको छ । 


साधारणसभामा उत्कृष्ट कर्मचारी,बचतकर्ता,शेयर सदश्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भत्तपुर,कोहलपुर,चितवन,पोखरा,धनगढी र डडेल्धुराका शेयर सदश्य,सहकारीका पलाधीकारी र विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो।