कास्की–२ मा नेकपाकी विद्यालाई पाँचहजार मतको अग्रता

कास्की–२ मा नेकपाकी विद्यालाई पाँचहजार मतको अग्रता

शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत कास्की २ को प्रतिनिधीसभा सदस्यको लागि मतगणना जारी छ।   अहिलेसम्म पोखरा महानगर ३३, २१, २० र १७ वडाको मतगणना सकिएको छ।

चार वटा वडाको मतगणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले  अग्रता बढाउँदै लगेकी छन्। उनलाई कांग्रेसका खेमराज पौडेलले पछ्याइरहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार विद्याले ११ हजार आठसय ४६ र कांग्रेसका खेमराजले ६ हजार आठसय ८६ मत ल्याएका छन्। अहिले विद्याले पाँच हजार नौसय ६० मतले अग्रता बढाएकी हुन्।