उपनिर्वाचन सुदूरपश्चिम : पाँच वडामा नेकपा, दुईमा कांग्रेस विजयी

धनगढी खबर    

उपनिर्वाचन सुदूरपश्चिम : पाँच वडामा नेकपा, दुईमा कांग्रेस विजयी

बैतडी : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका स्थानीय तहका सात वडामा रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ।  मतपरिणाममा सात वडामध्ये पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ। 

बैतडीको पुर्चौडी नगरपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१  र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भने दोगडाकेदार गाउँपालिका–४ र  सुर्नया गाउँपालिका–१ मा मात्रै विजयी भएका छन्।

पुर्चौडी नगरपालिका–४ को अध्यक्षमा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्। कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरेका छन्।

७५ मत बदर भएको छ। डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका काशीराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले १९१ मत प्राप्त गरेका छन्। यस वडामा १ हजार ५९० मत खसेकोमा ६० मत बदर भएको छ।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका रमेश खड्का ७७८ ल्याएर विजयी भएका छन्। कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत प्राप्त गरेका छन्। कुल १ हजार ३५६ मत खसेकोमा १५ मत बदर भएको थियो।   

बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाका मनराज बुढा ३६७ मतसहित विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत प्राप्त गरेका छन्। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याएर विजयी भएका छन्।  

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत प्राप्त गरेका छन्। यस्तै, समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्। कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा चार मत बदर भएको छ।
 



आइतबार १५, मङि्सर २०७६ ११:३२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस