उपनिर्वाचन : अछाममा नेकपा उम्मेदवार खड्का भारी मतले बिजयी

उपनिर्वाचन : अछाममा नेकपा उम्मेदवार खड्का भारी मतले बिजयी

अछाम । मेल्लेख गाउँपालिका वडा नं ५ को बिन्देबासीनीको उपनिर्बाचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रमेश खड्का भारी मतले बिजयी भएका छ्न । काग्रेश उम्मेदवार वीर बहादुर बोहरालाई २ सय १५ मत फराकिलो अन्तरमा बिजय हुनुभएको छ । रमेश खड्काले ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काग्रेशका उम्मेदवार वीर बहादुर बोहराले ५ सय ६३ मत पाउनुभएको छ ।  गएको चुनाव उक्त वडामा काग्रेशले बिजयी भएको थियो ।  गएको चुनावमा काग्रेशले ५ सय ८१ मत पाएको थियो । १ हजार ९ सय मतदाता रहेको बिन्देबासीनिमा १ हजार ३ सय ५६ मत खसेको थियो । १५ मत बदर भएको निर्बाचन कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित भएपछि कुराकानी गर्दै अध्यक्षमा निर्बाचित खड्का बिन्देबासीनिको बिकासको लागि चुनावको समयमा राखेका प्रतिबद्धता पूरा गर्न बताउनुभयो । उहाँले बिजय गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिनुभएको छ ।