सल्यानको कुमाखमा नेकपा विजयी

सल्यानको कुमाखमा नेकपा विजयी

सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ।

त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी ७ सय ९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याए।

सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।