कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।
उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन्।
तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए।
कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ।