कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,634
निको भएको 290
मृत्यु 10

बिश्व भरि

पुष्टि भएको 6,632,985
निको भएको 2,869,963
मृत्यु 391,136

साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

धनगढी खबर    

साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ ।

सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ ।

श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।

समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । शनिबार नै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।



शनिबार १४, मङि्सर २०७६ १२:४९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस