"अब आठ लाखमै सुबिधा सम्पन्न घर बनाउछौ" : लोकराज भट्ट

सस्तो, सबिधा र आकर्षक घर

धनगढी खबर    

"अब आठ लाखमै सुबिधा सम्पन्न घर बनाउछौ" : लोकराज भट्ट
फाइल फोटो !

धनगढी : के तपाई सस्तो, सबिधा र आकर्षक घर निर्माणको खोजीमा हुनुहुन्छ, अब चिन्ता नलिनुहोस् । सुदूरपश्चिमको धनगढीमा रहेको जगदम्बा ट्रेङ्गिङ कन्र्सनले तपाई सपनालाई पुरा गर्ने भएको छ ।

धनगढीमा आधिकारिक बिक्रेताका रुपमा रहेको यस कम्पनीले आठ लाख मै मानिसलाई बस्न मिल्ने सेवा सुबिधा सम्पन्न घर निर्माण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा एउटा मात्र बिक्रेताका रुपमा रहेको यस कम्पनीले सुदुरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा प्रिफेबका घरहरु निर्माण गरेको लोकराज भट्टले जानकारी दिनुभयो ।

२०–३० वर्षसम्मलाई टिक्ने एकतले घर आठ लाख मै सम्पुर्ण सुबिधा सहित तयार हुने उहाँले बताउनुभयो । यस्तो घरमा दुईवटा बेड रुम, एउटा किचन, बाथरुम, बरन्डा, छाना, वाल सबै कम्पनीले तयार गरिदिने उहाँको भनाई छ ।

अहिले सम्म यस कम्पनी ५० भन्दा प्रिफेबका घरहरु निर्माण गरिसकेको छ । जसमध्ये धनगढीको माया मेट्रो अस्पताल, टेम्पल रिसोर्ट आदि रहेका छन ।



शुक्रबार १३, मङि्सर २०७६ ०३:२२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस