सामाजिक परम्परा र मान्यता अनुसार केटाकेटी दुबैको मन मिलेर विवाह गर्ने गरिन्छ । प्राय परीक्षा पास गरेर बिवाह गर्नुपर्छ भन्ने त कतै सुनिएको थिएँन् । तर इण्डोनेसियामा विवाह गर्नका लागि तिन महिने तालिम पास गर्नु पर्ने नियम लागुहुने भएको छ ।
संचार माध्यममा जनाइए अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री(वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । उक्त कोर्षमा वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् भन्ने उदेश्यका साथ् जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिने बताइएको छ । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।
जुन कोर्स तिन महिनाको हुने छ भने यो कोर्ष पास नगरी कुनै पनि युवाले बिवाह गर्न पाउने छैनन् । जसले यो पाठ्यक्रम पास गर्नेछ उसले मात्र बिहे गर्न पाउनेछ ।