नाम र राजधानीबारेको प्रतिवेदनमा त्रृटि : वडा नम्बर दुई हुनु पर्नेमा ४ उल्लेख

नाम र राजधानीबारेको प्रतिवेदनमा त्रृटि : वडा नम्बर दुई हुनु पर्नेमा ४ उल्लेख

धनगढी : प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको समितिले तयार पारेको प्रतिवेदनमा नै त्रृटि पाईएको छ । 

उक्त समितिले मंगलवार संसदमा प्रस्तुत गरेको नाम र राजधानी बारेको प्रतिवेदनमा प्रदेशको नाम ‘सुदुरपश्चिम’ र राजधानी गोदावरी नगरपालिका–४, तेघरीस्थित नेपाली सेनाको व्यारेकदेखि उत्तरपश्चिम, गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि दक्षिणतिरको चारकिल्ला भएको क्षेत्र उपयुक्त रहेको उल्लेख थियो ।

तर, उक्त क्षेत्र भने गोदावरी नगरपालिका, वडा नम्बर ४ मा नभई वडा नम्बर २ मा पर्दछ । गोदावरी नगरपालिकाका मेयर हरि सिह साउँदले पनि उक्त राजधानीका लागि सिफारिस गरिएको क्षेत्र वडा नम्बर ४ मा नभई वडा नम्बर २ मा पर्ने बताउनुभयाे  । 
प्र

तिवेदनमा उल्लेख गरिएको गोदावरी नगरपालिका–४, तेघरीमा भने नेपाली सेनाको व्यारेक पर्दछ ।