कञ्चनपुर : नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महिला तथा बृद्ध सेवा केन्द्रमा स्वास्थ्य शिबिर संचालन गरिएको छ । नेपाली सेना २५ नम्बर बाहनी भगतपुरले भीमदत्त नगरपालिका–५ बनखेतस्थित बृद्धसेवा केन्दमा स्वास्थ्य शिबिर संचालन गरेको हो ।
बुधबार नेपाली सेनाका चिकित्सक डा.वविता सिलवालसहित स्वास्थ्यकर्मीको टोलीले ६२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरेको छ ।
२५ नम्बर बाहनीका बाहिनीपति सहायक रथी शंकर बहादुर पण्डितले समाजिक कार्य अन्र्तरगत सेनाले बृद्धसेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै खाद्यान्न एवं न्याना लुगा वितरण गरेको बताए ।
उनका अनुसार खाद्यान्नमा दाल चामलसहित ६२ थान सल वितरण गरेको छ । महिला तथा बृद्ध सेवा केन्द्र कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाले सदैव बृद्धसेवा केन्द्रमा सहयोग गर्दै आएको बताए ।
अधिकारकर्मी समेत रहेकी अध्यक्ष चन्दले स्वास्थ्य शिबिरबाट बृद्धबृद्धाले आश्रममै उपचार पाएको बताइन् । ‘सेनाले दिएको राहतले केही दिन पुग्छ, ‘उनले भने, ‘यस्तै सहयोगबाट यो बुद्धसेवा केन्द्र चल्दै आएको छ । ०६३ सालदेखि असाहयका आश्रय स्थलका रुपमा रहेको बृद्धसेवा केन्द्र बनेको छ ।