मंसिर २२ बाट १४ औं "सुदुरपश्चिम महोत्सव"

मंसिर २२ बाट १४ औं "सुदुरपश्चिम महोत्सव"

धनगढी ।  "समृद्ध सुदुरपश्चिमका लागि : आर्थिक समृद्धि" भन्ने नाराका साथ सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सवको १४ औं संस्करण हुने भएको छ ।  
प्रदेशको समग्र पर्यटन, कृषि, व्यापार, औद्योगिक सम्भावना तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, रेस्टुरेन्ट लगायतका गरेर ३०० स्टल रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
२०६३ साल बाट निरन्तर हुदै आएको महोत्सवले यस क्षेत्रको आर्थिक एवम सामाजिक रुपान्तत्रण र सांस्कृतिक संरक्षणमा उल्लेखिय भुमिका निर्वाह गदै आएको छ ।
 यो वर्षको महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । उहाले यस बर्षको महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमीहरु लाई प्रोत्साहन गर्ने निती लिएको जानकारी दिनुभयो ।
महोत्सव अवधिभरि करिब एक करोड दुई लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक काराबार हुने संघले जनाएको छ । यसैगरी, महोत्सव आयोजनाका लागि ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने जनाइएको छ । महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढाइएको संघका महासचिव ओम विष्टले बताउनुभयो। 
महोत्सव प्रवेश टिकट बाट संकलित रकमको १० प्रतिशत रकम सामाजिक कार्यमा लगाईने बताउनुभयो ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ । 
महोत्सवको सम्पुर्ण तयारीका लागी २६ उप समिती गठन गरिएको सघका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले जानकारी दिनुभयो ।