मुख्यमन्त्रि कार्यालय अगाडी निर्माण व्यवसायीको प्रदर्शन

मुख्यमन्त्रि कार्यालय अगाडी निर्माण व्यवसायीको प्रदर्शन

सरकारले निर्माण व्यवसायीहरुका माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महाससंघले आज मुख्यमन्त्रि कार्यालय अगाढी  प्रदर्शन गरेका छन् ।

निर्माण व्यवसायीहरुले संशोधित सार्वजनिक खरिद ऐन नियम परिमार्जन गर्नुपर्ने, ऐन नियम निर्माणमैत्री हुनुपर्ने, विकासमैत्री कानुन बनाउनु पर्ने भन्दै बिरोध गरेका हुन् ।

सरकारले काम गर्ने वातावरण नबनाई दिएको, व्यवसायीको बद्नाम हुने काम भएको भन्दै निर्माण व्यवसायीहरु सरकारबाट रुष्ट बनेका हुन् ।

ठेकदारको लापरबाहीका कारण सडक निर्माण हुन नसकेको भन्दै सरकारले ठेकेदारप्रति कडा रणनीति अपनाएको छ ।

सरकारले आफ्नो शान्तिपूर्ण धर्नाप्रति बेवस्ता गरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।