विवाहको चटारो : धार्मिक परम्पराअनुसार यी हुन् युवतीलाई सर्वश्रेष्ठ बनाउने ३२ गुण !

विवाहको चटारो : धार्मिक परम्पराअनुसार यी हुन् युवतीलाई सर्वश्रेष्ठ बनाउने ३२ गुण !

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला) को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिला) लाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ ।

धेरैलाई थाहा नहुनु सक्छ, महिलामा हुनुपर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ । 

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) चमक्क चम्किने केश हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) दुढ आत्मविश्वास हुनु ।