डडेल्धु्रामा १० जना मलेरियाका बिरामी भेटिए

डडेल्धु्रामा १० जना मलेरियाका बिरामी भेटिए

डडेल्धुरा : डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकाका दुई वडामा मलेरिया रोगका बिरामी भेटिएका छन् । पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेको साँदनी स्वास्थ्य चौकीले जनाएको छ ।

नगरपालिको ६ र ७ बाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन आएका व्यक्तिको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाईजर हरिप्रसाद भट्टले बताए । उनले भने,' उपचारका लागि आएका बिरामीको लक्षणबाट शंका लागि रगत परीक्षण गर्दा मलेरिया भेटिएको हो ।'

दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगका बिरामीले निःशुल्क औषधि सेवन गरिरहेका छन् भने त्यसमध्ये २ जनालाई ठिक भइ सकेको भेक्टरकन्टोलर सुपरभाईजर भट्टले बताए ।

पाँच दिनदेखि स्वास्थ्यकर्मीको टोली संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा नियन्त्रणका लागि औषधि समेत छर्किरहेको स्वासस्थ्य संस्थाले जनाएको छ।

साथै औलो प्रभावित वडा पर्शुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनासक औषधि छर्किने काम गरिएको स्वास्थ्य कार्यालय, डडेल्धुराले जनायो । 

भित्रि मदेशको परशुराम र आलितालका केही क्षेत्र मलेरिया र औलोको लागि जोखिम मानिन्छ। गर्मी क्षेत्र भएका कारण भित्रि मदेशमा मलेरिया रोगको संक्रमित हुनसक्ने स्वास्थ्य कर्मी प्रेम ऐरले बताए।साभार : अन्नपूर्ण