मस्त निन्द्राले भगाउँछ तनाव, जगाउँछ जाँगर !

मस्त निन्द्राले भगाउँछ तनाव, जगाउँछ जाँगर !

क्यालिफोर्नियाको बर्केलिमा भएको एक खोजले मानिसमा रहेको ३० प्रतिशत मनोवैज्ञानिक तनाव निन्द्राले हटाउने निश्कर्ष निकालेको छ । खोजमा मस्तिष्क तिखो बनाउन र आँखा, मुटु र प्रेशर स्वस्थ राख्न मानिसले दैनिक पूर्णरुपमा आराम गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् । 

वेलायती साहित्यकार विलियम सेक्सपियरले आफ्नो कृति म्याकवेथमा पनि मानिस घायल हुँदा उसको सुत्ने बानिले उसलाई स्वस्थ बनाउने कुरा लेखेका छन् ।
युसि वेरकर्लीका खाोजिकर्ता  म्याथ्यु वाल्कर भन्छन्- “मानिसलाई निन्द्राले मष्तिस्कका स्नायुहरु जोड्छ र आराम दिन्छ । रातमा निदाउने बानीले मानिसको मानसिकता उठ्दा ताजा बनेको हुन्छ ।”

नेचर ह्युमेन विहेवियर जर्नलमा निन्द्रा र मानसिक तनावको बारेमा विश्लेषण गरिएको छ । यो अन्वेषण ४ करोड अमेरिकी वयस्कहरु, बालबालिका र किशोरमाथि गरिएको हो ।
युसि वेकर्लिका अर्का खोजिकर्ता एटि वेन सिमोन भन्छन्- “ मानिसले कम सुत्ने बानी गर्नु हुँदैन । यसले अनुचित रुपमा चिन्ता र तनाव दिन्छ ।”

परीक्षणमा निन्द्रा सम्बन्धी पोलिसोमोनोग्राफि र एमआरआई गरिएको थियो । १८ जना वयस्कका मष्तिस्क अध्ययन गरिएको हो । मानिसलाई तनाव कसरी हुन्छ भनि प्रश्नोत्तर पनि गरिएको थियो । निदाउने क्रममा मष्तिस्कका कोर्टेक्स बन्द प्राय बन्छन् । मानिसले सोच्ने गहिरो चिन्तन हराउँछ ।

वाल्कर थप भन्छन्- “मानिसले नसुत्नु मष्तिस्कलाई तनावमा पार्नु हो । जसरी एउटा सवारी साधन एकनाससँग सधैं चल्न सक्दैन, मानिसको दिमागलाई पनि त आराम चाहिन्छ ।”
अध्ययनमा मानिसहरुको दिमागको छालहरु इलेक्ट्रोडद्वारा परीक्षण गरिएको थियो ।

सिमन भन्छन्- “निन्द्रा र मष्तिस्कको कार्यबीच गहिरो सम्बन्ध छ । मानिसको मनोवैज्ञानिक र शारीरिक तनाव र चिन्ता लामो निन्द्राबाट सन्तुलित हुन्छ ।” 

खोजमा ३० जना सहभागी थिए । उनीहरुमा क–कसले लामो समय सुते र उनीहरुको प्रतिक्रिया कस्तो रह्यो भनी  सोधिएको थियो । ल्याव परीक्षणमा रिसर्चरहरुले अनलाइन अध्ययन गरेका थिए । २८० जना मानिसमा निन्द्रा र तनाववीचको सम्बन्ध ४ दिन लगातार सोधिएको थियो ।

खोजको निश्कर्ष थियो– जति लामो समयसम्म मानिस सुतेका थिए, उनीहरुको भोलिपल्टको दिन सन्तोषपूर्ण रहेको थियो ।

सिमन थप भन्छन्- “मानिसहरुको दैनिक निन्द्रा विथोलिन हुँदैन । यसले उनीहरुमा मानसिक तनाव बढाउँछ । हाम्रो अध्ययन तनाव र निन्द्राको गहन सम्बन्ध माथि छ । मानिसको मष्तिस्क सधैं सचेत रहनु पर्छ ।”

खाोजिकर्ता म्याथ्यु वाल्कर तनाव र निन्द्राको सम्बन्ध खुलाउँदै भन्छन्- “मानिसको निन्द्रा तब मात्र भाग्छ जब जब कतिपय औद्योगिक शहरमा श्रमिक बन्नुपर्छ । त्यस्ता शहरमा यो कुनै नौलो कुरो होइन । तपाईँ कामबाट असन्तुष्ट हुनुहुन्छ भने मस्तले निदाउनुहोस् । भोलि बढि काम गर्न सक्नुहुनेछ ।”