"शान्ति लिएर आउ" --कबिता

"शान्ति लिएर आउ" --कबिता

हे गौतम बुद्ध,

एकचोटि फेरि आइदेउन शान्ति लिएर ।

मेरो देश अशान्तिले रुदै छ ।

फेरि शान्तिका दुत भएर,

यो माटोमा जन्मी देउन ।

 

विश्वलाई शान्तिको पाठ सिकाएर गएका तिमी,

आज आफ्नै देश अशान्तिले रुदै छ ।

त्यसैले हे गौतम बुद्ध,

एक चोटि भएपनि शान्ति फैलाउन,

यो देशमा फेरि जन्मी देउन ।

 

कहिले सिमा आक्रमणले रुदै छ त,

कहिले हत्या,हिंसा भएर रुदै छ ।

यस्ता समस्याको समाधान कसैबाट पनि हुन सकेन ।

त्यसैले फेरि यो देश तिम्रो प्रतीक्षामा छ ।

त्यसैले हे गौतम बुद्ध,

एकचोटिलाई फेरि आइदेउन शान्ती लिएर ।

 

शान्तीको देश भनेर विश्व सामु चिनाएउ तिमिले,

तर अशान्तिको देश भनेर,

चिनिदै छ विश्व सामु मेरो देश ।

देशका शासकले नै अशान्ति मच्चाउन थालेपछि,

यो देशले फेरि तिम्रो माग गर्दै छ ।

त्यसैले हे गौतम बुद्ध,

एकचोटि फेरि शान्ति लिएर,

यो देशमा आइदेउन ।

आभास उपाध्याय