कैलालीको अत्तरियाबाट किशोरीलाई देहव्यापारमा लगाउने होटेल सञ्चालिका पक्राउ

कैलालीको अत्तरियाबाट किशोरीलाई देहव्यापारमा लगाउने होटेल सञ्चालिका पक्राउ

धनगढी : कैलालीको अत्तरिया बाट किशोरीलाई देहव्यापारमा लगाउने होटेल सञ्चालिका पक्राउ परेकी छन । गोदावरी नगरपालिका वडा नम्बर २ को राजु होटेलकी सञ्चालक गौरा देवी रानालाई देह व्यापारमा लगाएको आरोपमा रानालाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकी सिता (नाम परिवर्तित) बालिकालाई काम लगाइदिने भन्दै देह व्यापारमा संलग्न गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।