सुनको मूल्य घट्यो, चाँदी स्थिर

धनगढी खबर    

सुनको मूल्य घट्यो, चाँदी स्थिर

नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बिहीबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ । 

स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ। आज प्रति तोला चाँदीको मूल्य ८६० रुपपैयाँ कायम गरिएको महासंघले जनाएको छ।



शुक्रबार ०६, मङि्सर २०७६ १२:०९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस