राजधानी नसार्न माग गर्दै धनगढी बन्द, जवजीवन प्रभावित (फोटो फिचर)

राजधानी नसार्न माग गर्दै धनगढी बन्द, जवजीवन प्रभावित (फोटो फिचर)

धनगढी : प्रदेश ७ को राजधानी धनगढीबाट कैलालीको गोदावरी नगरपालिका, ४ तेघरी सार्न खोजिएको विरोधमा विहिवार धनगढी बन्द गरिएको छ । 

राजधानी नसार्न दवाव दिदै धनगढीबासिले विहिवार एक दिनका लागि आम हडताल गरेका हुन । 

जसका कारण यहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार ठप्प छन । 

धनगढी बजारमा अटो सिक्सा समेत चल्न दिईएको छैन । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउन लागिरहेका छन। 
उनीहरुले अस्थयी राजधानीका लागि धनगढीका करोडौ रुपैया खर्च भईसकेको बताउदै जङगल मासेर गोदावरीमा राजधानी नबनाउन आगं्रह गरिरहेका छन । 
बन्दलाई मध्यनजर गर्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । मगलवार विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव दिदै प्रतिवेदन संसदमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा माथि संसदमा छलफल जारी छ । 

उक्त प्रतिवेदन शुक्रवार सामान्य छलफलपछि टुङग्याउने तयारी सरकारको छ । 

दुई तिहाई बहुमत रहेको सरकारले शुक्रवार मतदानका आधारमा भए पनि प्रदेश नाम र राजधानी टुङग्याउने तयारी गरेको बताईएको छ ।