डीपीएल–२ : उपाधिका लागि धनगढीद्वारा काठमाडौंलाई १८२ रनको चुनौती

डीपीएल–२ : उपाधिका लागि धनगढीद्वारा काठमाडौंलाई १८२ रनको चुनौती

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले कामाडौं गोल्डेन्सलाई १८२ रनको चुनौती पेश गरेको छ । धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै काठमाडौंविरुद्ध उच्च स्कोर बनाएको हो । धनगढीका लागि सुनिल धमला र रोहन मुस्तफाले उत्कृष्ट प्रदर्शन गरे । सुनिलले ७८ रन बनाए । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहन मुस्ताफाले ६० रन बनाए । उनले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाएका हुन् ।

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख पाउने छ ।