मन्त्रीबाट हटेपछि गोकर्ण विष्टको प्रतिक्रिया : थप उर्जा र प्रेरणाका साथ बाहिरिएको छु

मन्त्रीबाट हटेपछि गोकर्ण विष्टको प्रतिक्रिया : थप उर्जा र प्रेरणाका साथ बाहिरिएको छु

निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको छ ।

बिहीबार उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, 'जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ ।'

उहाँले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता पनि प्रकट गर्नुभएको छ । यस्तै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिनुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको क्रममा मन्त्री विष्टलाई समेत हटाइएको भन्दै धेरैले प्रधानमन्त्रीको आलोचना गरेका छन् । विष्टले सुरक्षित वैदेशिक रोजगारी, देशभित्रै कामको अवसर र श्रमको सम्मान तथा सामाजिक सुरक्षाको क्षेत्रमा सुधारको प्रयास गर्नुभएको थियो ।