राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदै

राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदै

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेल खेल्न भुटान गएको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किँदैछ ।

नेपाली टोली दिउँसो २ः२० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । नेपाली टोली कुवेतविरुद्धको होम खेल खेल्न भुटान गएको हो ।

दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटान गएको थियो । कुवेतको घरेलु मैदानमा भएको खेमला ७–० गोल अन्तरले पारजित भएको नेपाली टोली भुटानमा कुवेतसँग १–० गोलले पराजित भएको थियो ।