जीपको ठक्करबाट अत्तरियामा एक पैदलयात्रीको मृत्यु

जीपको ठक्करबाट अत्तरियामा एक पैदलयात्रीको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपकोे ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ ।

कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको महिन्द्रा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पदमा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।