सुनको मूल्य बढेको बढ्यै, आज कति छ ?

सुनको मूल्य बढेको बढ्यै, आज कति छ ?

सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। साताको चौथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ७२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै मंगलबार ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ७१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।