पहिलो हाफमा नेपालविरुद्ध कुवेत १ गोलले अगाडि

पहिलो हाफमा नेपालविरुद्ध कुवेत १ गोलले अगाडि

फिफा विश्वकप फुटबल छनोटअन्तगर्त नेपाल समूह बी को पहिलो होम खेलमा कुवेतविरुद्ध १ गोलले पछि परेको छ । भुटानमा पहिलो हाफको समाप्तीमा नेपाल १ गोलले पछि परेको हो ।

दशरथ रंगशालाको स्तरोन्नती समयमै सम्पन्न नभएपछि भुटानमा सारिएको होम खेलमा नेपाल २७ औं मिनेटमा गोलको सिकार भयो । कुवेतका कप्तान बाडेर अलले नेपाली डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएपछि नेपाल पछि परेको हो ।

तीन मुख्य खेलाडीविना नै मैदान उत्रिएको नेपालले केही पाएका अवसरलाई सदपयोग गर्न सकेको छैन् ।यसअघि कुवेतविरुद्धको अवे खेलमा नेपाल ७-० को गोलअन्तरले पराजित भएको थियो ।