फेसबुक, ट्वीटरको टक्करमा नयाँ सोशल मिडिया

फेसबुक, ट्वीटरको टक्करमा नयाँ सोशल मिडिया

फेसबुक तथा ट्वीटरलाई टक्कर दिने भनिएको नयाँ सोशल मिडिया साइट डब्लूटीसी छिट्टै आउने भएको छ । तर यसको मोडल फेसबुक तथा ट्वीटर भन्दा फरक छैन भने यसको विश्वसनीयतामा आश्वस्त हुने ठाउँ भने रहेको छ ।

यो साइटमा साइन अप निःशुल्क हुनेछ । यद्यपि तपाईले यसका लागि वेटलिस्टमा बसेर कुर्नुपर्नेछ, डोनेट गर्नुपर्नेछ वा साथीलाई इनभाइट गर्नुपर्नेछ । यसमा महिनाभरको अवधिमा ५० हजार मानिस आबद्ध भइसकेका छन् ।

यसलाई विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले डब्लूटीसी सोशलको नामबाट सोशल मिडिया साइट लन्च गरेका हुन् । इन्टरनेटको प्रयोग गर्ने सायदै कुनै व्यक्ति यस्ता हुनेछन्, जसले विकिपिडियाको बारेमा नजानेको होस् ।

वेल्सका अनुसार यो सोशल मिडिया साइटल फसबुक र ट्वीटर जस्ता साइटले बेवास्ता गरेका कमजोरीहरुलाई हटाउनेछ । वेल्सले भने,“विज्ञापनको माध्यमबाट आम्दानी गर्ने सोशल मिडिया कम्पनीको व्यापारिक मोडलनै सबैभन्दा ठूलो समस्या हो । यो प्रक्रियामा कम गुणस्तरको सामग्रीलाई फाइदा भइरहेको छ ।