अछाम : अछामबाट प्रहरीले १ थान भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । अछामको रामारोशन गाउँपालिका-६ पुदुबाट १ थान भरुवा बन्दुकसहित सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो ।