इमर्जिङ कप खेलेर फर्कियो क्रिकेट टोली

इमर्जिङ कप खेलेर फर्कियो क्रिकेट टोली

एसीसी इमर्जिङ कप क्रिकेट खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय टोली नेपाल फर्केको छ । तीन खेल खेलेको नेपाल भारत र आयोजक बंगलादेशसँग पराजित भएको थियो। हङकङलाई भने नेपालले जितेको थियो।

बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले जनाएका थिए।

टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ टोलीको सहभागिता रहेको छ भने त्यसबाहेकका देशको सिनियर टोलीले भाग लिएको थिए।