प्रचण्डको सचिवालयले भन्यो– मन्त्री हेरफेर प्रधानमन्त्रीकै क्षेत्राधिकार

प्रचण्डको सचिवालयले भन्यो– मन्त्री हेरफेर प्रधानमन्त्रीकै क्षेत्राधिकार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवाललये मन्त्री हेरफेर प्रधानमन्त्रीकै तजबिजी अधिकार भएको दोहोर्याएको छ ।

केही दिनयता मन्त्रिपरिषद् हेरफेरको हल्ला तीव्र बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको भन्ने समाचार बाहिरिएपछि सचिवालयले खण्डन गरेको हो ।

“हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,” सचिवालयले मङ्गबाल विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।

यता मन्त्रिपरिषद् फेरबदलले पार्टी सचिवालयमै प्रवेश पाए पनि आजभोलि नै परिवर्तन हुने सम्भावना नरहको स्रोतको दाबी छ ।